बन्न बाँकी कानुनहरू संसदमा पेस गर्न सरकारलाई निर्देशन : राष्ट्रिय सभा अध्यक्ष

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएका हुन् । उनले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित सुझावहरूलाई कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् ।

उनले सुशासन कायम गर्न र सङ्घीयताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न कानुन निर्माण गर्नुपर्ने बताए । उनले कानुनी रिक्तता पुरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने बताए ।

उनले भने ‘सुव्यवस्थित रूपमा राज्य सञ्चालन गरी सुशासन कायम गर्न, सङ्घीयताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न, कानुनी रिक्तता पूरा गर्न साथै संविधानको कार्यान्वयनलाई समेत पूर्णता दिन संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेस गर्न तथा उक्त प्रतिवेदनमा समावेश भएका अन्य सुझावहरू समेत कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु । सरकारले सभाको यस निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्ने नै छ ।’

राष्ट्रिय सभाको आगामी बैठक भदौ २४ गते आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button