प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिको स्थलगत अवलोकन गरेर राजधानी फर्किनुभएको छ।

निरीक्षणको क्रममा प्रधानमन्त्री ओलीले उद्धार, राहत तथा क्षतिको अवस्थाबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र बासिन्दासँग छलफल गर्नुभएको थियो। उहाँले बाढीले क्षति पुर्‍याएका संरचना, विशेष गरी रसुवागढीस्थित नेपाल–चीन सिमानाको सुक्खा बन्दरगाह, बगाइएका कन्टेनरहरू र बेपत्ता व्यक्तिहरूप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। हालसम्म २० जना बेपत्ता भएका छन्।

बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, सुक्खा बन्दरगाहमा कार्यरत छ जना कर्मचारी, पाँच जना कन्टेनर चालक र छ जना चिनियाँ नागरिक रहेका छन्। बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् परियोजना र २० मेगावाटको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएका छन्। यस्तै, ल्हेन्दे खोलाको मितेरी पुल बगाएपछि केरुङसँगको सिधा सडक सम्पर्क पनि विच्छेद भएको छ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा स्थलगत निरीक्षणमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति तथा चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button