मिसेस नेपाल वर्ल्ड २०२5 को आवेदन खुला

काठमाडौँ – नेपाली महिलाहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र सामाजिक उत्तरदायित्वको पहिचान तथा सम्मान गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको “मिसेस नेपाल वर्ल्ड” कार्यक्रम यस वर्ष पनि आयोजना गरिँदैछ। रिबन इन्टरटेनमेन्टद्वारा विगतका वर्षहरूमा सफलतापूर्वक सञ्चालन हुँदै आएको यो प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्यांकन प्राप्त गर्न सफल कार्यक्रम हो।
मिसेस नेपाल वर्ल्ड २०२५ का लागि देशभरिबाट इच्छुक तथा योग्य विवाहित महिलाहरूलाई सहभागी हुन आह्वान गरिएको छ। आवेदन प्रक्रिया खुला गरिएकोले नेपालका विभिन्न क्षेत्रका सक्षम महिलाहरूलाई सहभागी हुन प्रेरित गर्न र विस्तृत जानकारी पुर्याउन व्यापक प्रचार–प्रसार आवश्यक भएको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले जनाएको छ।
यस प्रतियोगितामा सहभागिता जनाउन चाहने महिलाहरूका लागि आवेदन विवरण तथा अन्य जानकारी रिबन इन्टरटेनमेन्टको आधिकारिक माध्यमबाट प्राप्त गर्न सकिनेछ।
रिबन इन्टरटेनमेन्टले देशभरका मिडिया संस्थाहरूलाई उक्त आवेदन खुला सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित/प्रसारित गरी सहयोग पुर्याउन अनुरोध गरेको छ। आयोजक संस्थाले यस्ता प्रयासहरू प्रतियोगिता र सामाजिक सशक्तीकरण दुवैका दृष्टिले महत्वपूर्ण हुने विश्वास लिएको छ।



