आयात घटाउने उपाय सुझाउन समिति गठन गरिने

काठमाडौँ । पछिल्लो समय निरन्तर बढ्दै गएको आयातलाई कम गर्ने उपाय पत्ता लगाउन सरकारले समिति गठन गर्ने भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको अध्यक्षमा एक समिति गठन गर्ने तयारी भएको बताइएको छ । समितिले विश्व व्यापार संगठनको व्यवस्थाअन्तर्गत नै रहेर आयात कम गर्न लिनुपर्ने नीतिबारे सुझाल दिने छ ।

पछिल्लो समय देशमा वैदेशिक व्यापार घाटा दिनप्रति दिन उकालो लागीरहेको छ । भने विदेशी विनिमयको सञ्चितिसमेत ओरालो लागेको छ । देशको अर्थतन्त्र संकटको बाटो तर्फ उन्मुख भएको विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button