गैडाँकोट ग्रेस चर्चको जग्गा प्रकरणबारे एनसिएफ नेपालले छानविन गर्दै

नवलपरासी । नेपाल राष्ट्रिय मण्डली संगतिले गैडाँकोट ग्रेस चर्चको जग्गा खरिद प्रकरणमा छानविन सुरु गरेको जनाएको छ ।

गैडाँकोट ग्रेस चर्चको जग्गा खरिदमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका तत्कालिन अध्यक्ष सी.बी. गहतराजमाथीको आरोपका बिषयमा एनसिएफ नेपालले चासो लिएसंगै  सचिव वीरबहादुर तामाङको संयोजकत्वमा छानबिन सुरु गरेको हो । महासंघका अध्यक्ष गहतराजले गैँडाकोट ग्रेस चर्चको जग्गा खरिदमा १ करोड १५ लाख खाएको आरोप लागेको थियो ।

गैडाँकोट ग्रेस चर्चको पास्टर प्रेम थापासहितको टोलीले दुई हप्ता अघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका तत्कालिन अध्यक्ष गहतराजबाट आफुहरु पीडित भएको भन्दै न्यायको लागि राजधानी आएको बताएका थिए ।

छानबिन समितिका संयोजक तामाङले चर्चको सरोकारको बिषय रहेकोले चर्च समुदायको हितमा रहेर सत्यतथ्य पत्ता लगाउन छानविनमा आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

नवलपरासी इसाई समाजका प्रवक्ता सुमन पुलामी मगरले एनसीएफ नेपालले शुरु गरेको छानविन निकै सकरात्मक भएकोले आफूहरुले पनि छानविनमा सहयोग गर्ने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button