पूर्वसभासद आङटावा शेर्पाले प्रहरी कार्यालयमा आत्मासमर्पण गरे

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले प्रहरी कार्यालयमा आत्मा सर्मपण गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयानका क्रममा शेर्पाको पनि संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पा विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी गरेपछि शेर्पा आज जिल्ला प्रहरी कार्यालयमा आत्मा सर्मपण गर्न आइपुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी गरेका थिए ।

यस प्रकरणमा पूर्व-उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व-गृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्व-सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई लगायत रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button