अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक, राम्रो अस्पतालमा सार्न सुझाव

काठमाडौं । धनगढीमा विगत ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्यवस्था विग्रदै गएकाले उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ।

डा.केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेका थिए। चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button