राप्रपा पार्टीको एजेण्डा विपरीत लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भाई कांग्रेस भएर कानितपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सत्ताको चरम दुरुपयोग गरेर पक्राउ गरिएको टिप्पणी गरेपछि राजावादीहरु आक्रोशित भएका छन् ।
उनीहरु वस्तुस्थिति नबुझी गलत टिप्पणी गरेको भन्दै लिङ्देनमाथि रिसाएका हुन । उनीहरुले जुन मिडियाको मालिक दरबार हत्याकाण्डलाई राजनीतिक रुप दिन ज्ञानेन्द्र शाहले यो घटना गराएको हो भन्ने भाष्य स्थापित गर्न खोज्ने, राजसंस्था चाहिँदैन भन्ने, हिन्दू धर्म चाहिँदैन भन्ने नीति लिएर पत्रकारिताको दुरुपयोग गर्नेको कुकर्ममा किन साथ दिएको भन्दै लिङ्देनमाथि आक्रोश पोखेका हुन् ।
मंगलबार साँझ सिरोहिया पक्राउ परेपछि त्यसको केही समयपछि लिङ्देनले प्रेस विज्ञप्ति जारी गरी गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरिएको बताएका थिए ।
उनले लेखेका थिए, ‘कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथि अभियोगका सम्बन्धमा न्याययिक निरुपण हुने नै छ तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ ।
उनले लेखेका थिए, ‘कान्तिपुरले लगातार रुपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरुलाई असत्य सावित गरेर देखाउनुपर्नेमा यस प्रकारको गिरफ्तारको सत्ताको चरम दुरुपयोग हो ।’
यसअघि सिरोहियाका दुई वटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको थियो । धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयले सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको थियो ।
लिङदेनमाथि चर्को दबाब आएपछि अर्को विज्ञप्ति निकालेर त्यसलाई साम्य पार्न खोजिएको थियो तर, राजावादीहरु कैलाश सिरोहियालाई ‘कालो सर्प’ का रुपमा लिन्छन् । कैलाश राजसंस्थाप्रति सधै बेइमान भएको पनि बुझाइ छ ।
त्यससँगै अहिले राजावादीहरुसँग निकै नजिकबाट जोडिएका युवराज घिमिरे पनि रहेका छन् । घिमिरेले दरबार हत्यकाण्ड हुँदा कैलाशसँग मिलेर भूमिगतमा रहेका तत्कालीन विद्रोही माओवादी नेता डा.बाबुराम भट्टराईलाई दरबार हत्यकाण्ड पूर्वराजा ज्ञानेन्द्र शाहले नै गराएको हो भनी प्रेस विज्ञप्ति निकाल्न र लेख लेख्न आग्रह गरेका जनभावना साप्ताहिकमा उल्लेख छ ।
सो अनुसार बाबुरामले मानेका पनि थिए । अहिले तिनै युवराज राजसंस्थाप्रति बफादार भएको देखिन्छन् । अनि राजसंस्थासँगै राप्रपाले बोको हिन्दू राष्ट्रको विरुद्धमा कलम चलाउन आफ्ना कामदारलाई निर्देशन दिने कैलाशको कतै पनि सराहना गर्न नहुनेमा राजावादीहरु एक भएका छन् । सोही कारणले पनि उनीहरु सिरोहियालाई कालो सर्पको रुपमा परिभाषित गर्ने गर्छन् ।



