नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव खुकुरी प्रहारबाट घाइते

काठमाडौँ-  काठमाडौँको भृकुटीमण्डपमा रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रमपछि सहमहामन्त्री यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाद्धारा यादवमाथि खुकुरी प्रहार भएको थियो ।

हिजो खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । उनको टाउकोमा १० टाका राखिएको छ । खतरामुक्त अवस्थामा उनको आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।

यसै सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्रीको राजीनामा माग गरेको छ ।

आम नागरिकको जिउज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीप्राप्त गृहमन्त्री पूर्ण रुपले असफल भएको नेविसंघको ठहर छ । घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनुपर्ने स्पष्ट रहेको भन्दै नेविसंघले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button