काँग्रेसको १४ औं महाधिवेशन: भरतपुर महानगरको सचिवमा युवा नेतृ प्रनिशा गुरुङको उम्मेदवारी

डिलकुमारी नेपाल, भरतपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भरतपुर महानगरपालिकाको सचिवमा युवा नेतृ प्रनिशा गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन् ।
बिगत लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर नेपाली काँग्रेस र नेविसंघको नेतृत्वमा भएका बिभिन्न आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी गुरुङ भरतपुर-८ मा पहिलो पटक पार्टीको सचिव पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन्। गुरुङ चितवनको लोकप्रिय युवा विद्यार्थी नेतृको रुपमा परिचित नाम हो ।
हाल उनी नेविसंघ मैयादेवी कन्या कलेज भरतपुरकी इकाई सभापति र लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह सचिव समेत छिन् । उनले महाधिवेशनबाट निर्वाचित भए पार्टीलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेकि छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button