राष्ट्रपति पौडेल भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम आज जाँदैछन्। राष्ट्रपति पौडेल  बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ ।    

उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन्।  विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो ।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button