प्रतिनिधिसभा(संसद)का १० वटै समितिका निर्विरोध निर्वाचत सभापतिले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ – प्रतिनिधिसभा(संसद)का १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । सोमबार १० वटै समितिका सभापति निर्विरोध निर्वाचत भएका हुन् ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको निर्वाचित भएका हुन् ।

प्रतिनिधि सभा निर्वाचतको ९ महिनापछि बल्ल समितिले सभापति पाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button