बालकोट वार्ता सफल ! ओलीले गरे नेपाललाई यस्तो आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरुबीच बालकोटमा भएको वार्ता सफल भएकाे दावी नेताहरुले गरेका छन् । वार्तामा सहभागी नेताहरुले ओली १० बुँदे सहमित कार्यान्वयनका लागि तयार भएको बताएका छन् । सोही अनुसार भोलीका लागि स्थायी कमिटी बैठक पनि बोलइएको छ । बैठकमा तटस्थ रहेका नेताहरु पनि सहभागी हुनेछन् ।

वार्ताका क्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ दल दर्ताको निर्णयबाट ब्याक हुन आग्रह गरेका छन् । बैठकमा सहभागी नेता योगेश भट्टराईका अनुसार नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्णयबाट फिर्ता भए अहिलेसम्मका सबै कारबाही निष्कृय गर्ने ओलीले बताएका छन्।

उनले भने, ‘कारबाहीका कुरा प्राविधिक मात्रै हुन्, मुख्य कुरा मिल्ने भन्ने हो । माधव नेपालले नयाँ पार्टीबाट फिर्ता गर्ने निर्णयले अहिलेसम्मका सबै कारबाही फिर्ता हुनेछन्। पार्टी पनि केन्द्रदेखि तलसम्म २०७५ जेठ २ को अवस्थामा क्रियाशील हुनेछ।’

यस्तै ओली १० बुँदे सहमति कार्यान्वयनका लागि तयार भएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button