काठमाडौं महानगरले दादुरा रुबेला खोप अभियान चलाउँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले फागुन १६ गतेदेखि २ चरणमा दादुरा रुवेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार काठमाडौं प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो ।
फागुन १६ गतेदेखि १९ वटा वडाहरु ९ वडा नं. १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८० र फागुन २० गतेदेखि १३ वटा वडाहरु ९४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२० मा खोप कार्यक्रम चल्नेछ । खोपमा दादुरा रुवेलासँगै नियमित खोप पनि प्रदान गरिनेछ ।
स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस)ले, ९ महिनामाथि र ५ वर्षमुनिका ४१ हजार ९२ जना बालबालिका देखाएको छ । यिनीहरुलाई दादुरा रुवेलासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइनेछ ।
यसरी दिइने खोपहरुमा डिपीटी, हेप बी–हिब, पीसीभी, आइपीभी रहेका छन् । यस्तै ५ वर्षमाथि १५ वर्ष उमेर तलका बालबालिकाको संख्या १ लाख १ हजार १२९ जना देखाएको छ । उनीहरुलाई दादुरा रुवेलाको खोप दिइनेछ ।




