डा गोविन्द केसी ‘सत्याग्रह’ का लागि आज अमेरिका जाँदै

काठमाडौं- नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेका डा गोविन्द केसी आज अमेरिका प्रस्थान गर्दैछन्।

सत्याग्रही डा. केसी ‘दुई दिने सामूहिक सत्याग्रह’को अवधारणा लिएर अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्।

विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले डा केसीको अगुवाइमा सेप्टेम्बर २० र २१ तारिखको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ।

शान्ति दिवशका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का रुपमा लिइएको छ। प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तन लगायात सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने ध्येय रहेको सोलिड्यारिटी फोर डा. गोविन्द केसी अलायन्सले जनाएको छ।

‘हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ’ भन्ने सन्देश संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई दिइने कार्यक्रम रहेको छ। सेप्टेम्बर १४ देखि सुरु हुने संयुक्त राष्ट्र संघको महासभामा विश्व शान्ति दिवस सेप्टेम्बर २१ का दिन विशेष सम्बोधन हुने भएको हुँदा सो शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो।

नेपाल र विश्वभर छरिएर रहेका नेपालीको भावनात्मक अभिव्यक्तिको रुपमा आयोजना गर्न लागिएको सो शान्तिपूर्ण प्रदर्शनीमा सहभागी भई दिन अमेरिकमा रहेका सबै नेपाली समुदाय-संघसंस्था तथा व्यक्ति विशेषमा सोलिड्यारिटी फोर डा. गोविन्द केसी अलायन्सले अपिल गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button