यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू [सूचीसहित]

काठमाडौं- सरकारले यस वर्ष गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदाै ७ गते परेको गाईजात्रा अवसरमा देशैभरमा नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो। यसअघि गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएको थियो।

यस्तै, कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ। यो वर्ष कृष्ण जन्माष्टमी भदाै १४ गते परेको छ।

तराई मधेश द्रुत मार्गको लागि आवश्यक मकवानपुरको तालभैरव र गौरीशंकर क्षेत्रको वन हटाउन स्वीकृती दिने निर्णय पनि सरकारले गरेको छ।

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृत गर्ने, सहसहचिव डिल्लीप्रसाद रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत भएको सरकार प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button