११ र १२ का विद्यार्थीहरुलाई आजदेखि कोरोना खोप, यी हुन् खोप केन्द्र
शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन्। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए। शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उनले बताए।




