सुत्केरी ब्यथाले च्यापेकी गर्भवतीलाई हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ भोताङकी सुत्केरी ब्यथाले च्यापेकी गर्भवतीलाई आज हलिकप्टरबाट उद्धार गरी राजधानी लगिएको छ ।

सो वडाकी लक्ष्मी तामाङ स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट राजधानीको अस्पतालमा लगिएको वडा अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनु भयो । दुई दिन देखि लक्ष्मीलाई सुत्केरी ब्यथा लागेको थियो । तर सुत्केरी हुन नसकेपछि ज्यानै जोखिममा परेपछि हेलिकप्टर मार्फत राजधानी लगिएको जानकारी प्राप्त छ ।

सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी ब्यथाले च्यापिएकी लक्ष्मीको हेलिकप्टरको माध्यमले उद्धार गरिएको वडा अध्यक्ष तामाङले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button