कांग्रेसले खाँणको निलम्बनबारे देउवा फर्केपछि निर्णय लिने

काठमाण्डौँ – नेपाली कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति शेरबहादुर देउवा फर्केपछि लिने भएको छ ।

सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन्। देउवा असार ७ गते फर्किनेछन्। देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन्। तर खड्काले यसबारे निर्णय नलिएर देउवालाई नै पर्खिने भएका हुन्।

२७ वैशाखमा नक्कली शरणार्थी प्रकरणमा परेका खाँणलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सभापतिसहित बहुसंख्यक नेताहरुले निलम्बन गर्न नहुने अडान लिएपछि कांग्रेसले यसअघि खाँण निलम्बनकोे निर्णय गरेको थिएन। धनराज गुरुङ गगन थापा, विश्वप्रकाश शर्मा लगायत निलम्बन गर्नुपर्ने पक्षमा उभिएका छन्। तर देउवासहित उनी निकट नेताहरु बचाउमा लागेका थिए। अब भने अदालतले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाइसकेकाले कांग्रेसले निलम्बनको निर्णय गर्नु पर्ने दबाबमा परेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता टोपबहादुर रायमाझीलाई भने एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ। शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएपछि रायमाझीको सांसद पद पनि निलम्बनमा परेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button