नेपालमा १५ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं– नेपालमा कुल जनसंख्याको १५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।

देशभर ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा खोप लगाएको स्वाीथ्य मन्त्रालयले जनाएको छ। प्रतिशतका हिसाबले पहिलो खोप लगाउनेको संख्या १८ र दुवै खोप लगाउनेको १५.४ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांक छ।

नेपालमा गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको थियो। सरकारले आगामी चैत मसान्तसम्म उमेर समूहका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।

असोज मसान्तसम्म खोप लगाउन योग्य नागरिकमध्ये १ तिहाइलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ। अहिलेसम्म एक करोड ३३ लाख भन्दा बढी खोप नेपालले प्राप्त गरिसकेको छ। थप खोप आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन र एस्टाजेनिका गरेर चार प्रकारका खोप प्रयोगमा आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button