भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य चयन भएका छन्। मुख्यमन्त्री भएलगत्तै उनले पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन्। प्रदेश १ को एमाले संसदीय दलको बैठकले आजै उनलाई संसदीय नेता चुनेको थियो।

उनी निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय नेता बनेका थिए। शपथ हुनुअघि राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button