जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री आचार्य

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख लक्ष्य भएको बताएका छन्।

मुख्यमन्त्री आचार्यले आज शपथ ग्रहण समारोहपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप सहज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

विकास निर्माणको कामलाई परिणाममा पुर्‍याउने बताउँदै उनले संविधानअनुसार सरकारले विश्वासको मत लिने बताए। साथै लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि अन्य दलसँग मन्त्रिमण्डलमा सहभागिताका लागि छलफल गरिने जानकारी मुख्यमन्त्री आचार्यले दिए।

उनले गणतन्त्रलाई संस्थागत गर्ने र अवस्था हेरी मन्त्रालयको आकार घटबड हुनसक्ने बताए। मुख्यमन्त्री आचार्यले छिट्टै मन्त्रिमण्डलको विस्तार गर्ने जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button