सिन्धुपाल्चोकको कर्थलीमा देक्षण गुम्बा शिलान्यास

रातोपाटीन्युज । सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका-२ कर्थलीको गुम्बाडाँडामा श्री देक्षण कैसुङग छ्योलिङग गुम्बाको शिलान्यास गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले शुक्रबार उक्त गुम्बाको शिलान्यास गर्नु भएको हो ।

गुम्बाको संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेस बाह्रबिसे नगरपालिका सभापति रेशम तामाङले उक्त गुम्बा निमार्णका लागि पूर्वमन्त्री  बस्नेतको पहलमा पुननिमार्ण प्राधिकरणबाट २४ लाख बजेट प्राप्त भएको जानकारी दिनु भयो ।

कर्थली मात्रै नभई सिन्धुपाल्चोकको बिभिन्न स्थानमा काँग्रेस नेता बस्नेतले सबै क्षेत्रका बिकासमा राष्ट्रिय तथा बिभिन्न निकायबाट बजेट ल्याई बिकास गरेको नगरसभापति तामाङले बताउनु भयो ।

तामाङ समुदायको बाहुल्य रहेको कर्थलीमा गुम्बा निमार्ण थालनी भएपछि तामाङ, शेर्पा समुदाय हर्षित भएको सो गुम्बाका अध्यक्ष बिकास तामाङले बताउनु भएको छ । तामाङ र शेर्पा समुदायको आस्थाको धरोहर गुम्बा निमार्णले धार्मिक संस्कृति संरक्षण र जगेर्नामा टेवा पुग्ने अध्यक्ष बिकासले बिश्वास ब्यक्त गर्नु भयो ।

पूर्वसञ्चारमन्त्री बस्नेतले कर्थलीमा गुम्बा बनाउन बजेट पारिदिएर धार्मिक सहिष्णुता जीवन्त राखिदिनु भएको अध्यक्ष तामाङले जानकारी दिनु भएको छ । उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतले कर्थलीका बिकासमा कमी हुन नदिने बचनबद्धता ब्यक्त गर्नु भएको थियो ।

गुम्बा शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले कर्थलीमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली लगायत सबै क्षेत्रमा बजेट उपलब्ध गराउने बताउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button