जस्ता किन्ने पैसा नहुँदा दृष्टिविहीन परिवार प्लास्टिकले बारेको झुपडीमा बस्न बाध्य

नेपालगन्ज । शारीरिक रुपमा दृष्टिविहीन एक परिवार बिगत १ बर्ष देखि प्लास्टिकले बारेको झुपडीमा बस्न बाध्य छन्।

घर छाउनकाे लागि जस्ता किन्ने पैसा लगभग ३६ हजार रुपैयाँ आर्थिक अभावका कारण दृष्टिविहीन जाेडि लक्षिराम थारु र उनकाे श्रीमती प्रमिला चाैधरी बिगत १ बर्ष देखि प्लास्टिकले बारेको झुपडीमा बस्न बाध्य भएका हुन्। ३५ बर्षिय लक्षिराम र २८ बर्षिय प्रमिला दृष्टिविहीन छन् ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका- १ मा बसाेबास गर्दै प्राय: मागेरै दैनिक गुजारा चलाउदै आएका उनीहरु सरकारले दिने भत्ता बचत गरी बनाएको दुई काेठाकाे घर विगत ६ महिना देखि घर छाउनकाे लागि जस्ता किन्ने पैसाको अभावका कारण यी दृष्टिविहीन जाेडिको पक्की घरमा बस्ने सपना अधुरै रहेको छ ।

आफ्नो बन्दै गरेकाे घर क्षमताले भ्याएसम्म बनाएको तर आफ्नी श्रीमती बिरामी परिरहने र एम्बुलेन्स नै बाेलाएर उपचार गराईरहनु पर्दा झन आर्थिक समस्या झेल्नुपरेको पीडा लक्षिरामले हामीलाई सुनाए ।

हाल बस्दै आएका प्लास्टिकले बारेकाे झुपडीमा पनि वरिपरि बढेको झाडिले गर्दा सर्पको डर र पानी पर्दा सवै चुहिने भएकोले अत्यन्तै  कष्टकर जीवन विताउनु परेको प्रमिला सुनाउछिन्।

उनले भनिन, ‘उता बर्खे झरी लगातार परिरहेकोले झुपडीकाे प्लास्टिकले नधान्दा पानी चुहेर समस्या छ। छाउन मात्र बांकी रहेको घरमा जस्ता किन्न र मिस्तिरीलाई ज्याला समेत गर्दा ३६ हजार पैसा जुटाउन नसक्दा आफु थप चिन्तामा छु ’ ।

यस्तै आफू अत्यन्तै अफ्ठ्याराेमा परेकाेले वडा नंम्बर १ का वडा अध्यक्ष प्रताप कुमार गाैतमसँग सहयोगकाे अनुरोध गर्दा वडाले नसक्ने भनी गाउँपालिकाले सिफारिस गरिदिएकाे उनको भनाई छ ।

गाउँपालिका प्रमुख मुक्तिनाथ यादवले ६-७ महिना पछि आवास कार्यक्रम अन्तरगत सहायता गराैला भन्ने माैखिक जवाफले आफुलाई थप निराश तुल्याएको उनले बताइन।

(कर्णाली२४ अनलाइनको सहयोगमा तयार पारिएको एक रिपोर्ट, भिडियोसहित)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button