काेभिड संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ४५ लाख नाघ्याे

काठमाडाैं- कोभिड-१९ को महामारीका कारण विश्वभर ४५ लाख मानिसले ज्यान गुमाएका छन्। विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्या‌क अनुसार सोमबारसम्म ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको एएफपीले जनाएकाे छ।

कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो।

गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ। यस वर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो।

विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो। अति सङ्क्रामक क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ जुन अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ।

यस महामारीले सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मृत्युको दाबी गरिसकेको छ। गत वर्ष समग्रमा १९ लाखभन्दा कमको महामारीका कारण मृत्यु भएको थियो। गत बर्षको तुलनामा जनवरी देखि अहिलेसम्म आधिकारिक रूपमा दर्ता गरिएका सङ्क्रमित मृतकहरूको सङ्ख्या २६ लाखभन्दा बढी भएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button