तुइन घटनाकाे प्रतिवेदन अस्पष्ट रहेकाे भन्दै सत्यतथ्य सार्वजनिक गर्न एमालेको माग (वक्तव्य)

काठमाडाैं । नेकपा (एमाले)ले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बिहिवार विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् । उनले दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न मागसमेत गरे ।

धामीका सम्बन्धमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button