मनसुन सुरु भएयता बाढी, पहिरो र डुवानमा परेर ११६ जनाको मृत्यु, ३१ जना अझै बेपत्ता

काठमाडौं– मनसुन सुरु भएयता देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानमा परेर ११६ जनाको मृत्यु भएको छ।

गत जेठ ३० गते यता शुक्रबार (भदौ १७ गते) दिउँसोसम्म बाढी, पहिरो र डुवानमा परी देशभर ११६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेका प्रहरीले जानकारी दिएको छ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय ३६ जना घाइते भएका छन्। घाइते हुनेमा ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन्। साथै बाढी तथा पहिरोमा परी ३१ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका प्रहरीले जानकारी दिएको छ। वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

बाढीको कारण ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन्। ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ३ सय ३ वटा पशु चौपायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मनसुन सुरु भएयताको अवधिमा भएका जम्मा १ हजार ३ सय ४५ वटा विपत्‌को घटनाबाट १ हजार २ सय ६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएका प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button