यी ११ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

सत्तारुढ दल नेपाली कांग्रेसको आज ११ जिल्लामा वडा अधिवेशन हुदैछ। केन्द्रीय निर्वाचन समितिको अनुसार आज सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन हुनेछ। हिजो साँझ सम्ममा ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितीले जनाएको छ।

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ३८ जिल्लामा वडा अधिवेशन सम्पन्न हुँदा अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। भोलि गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला तथा भदौ २३ गते पर्सि रुकुमपूर्व र रुकुमपश्चिममा अधिवेशन गर्ने तालिका छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button