महालेखाले रोक्यो बजेट निकासा

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सबै बजेट निकासा रोकेको छ । महालेखाले ३ दिनका लागि तलब, भत्ता, निवृत्तभरण बाहेकका सबै बजेट निकासा रोकेको हो ।

कार्यालयले मातहतका निकायमा पत्राचार गर्दै भदौ २४ देखि २६ गतेसम्म सबै मतहतका कार्यालयमा बजेट निकासा नगर्न निर्देशन दिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेखेर मातहतका कार्यालयलाई निकासा नदिन भनेको छ ।

परिवर्तन भएका कार्यक्रममा बजेट निकासा गरेमा बजेट माग गर्ने र निकासा दिने अधिकारी जिम्मेवार बन्नुपर्ने महालेखाले सचेत गराएको छ ।

महालेखाले अध्यादेशबाटआएको बजेट प्रतिस्थापन विधेयकमार्फत केही कार्याक्रम परिवर्तन भएकाले सम्बन्धित निकायहरुलाई बजेट निकासा गर्न निर्देशन दिएको जनाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button