गठबन्धनको बैठक सकियो, के भयो निर्णय ?

सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले अबको केहीदिनभित्र नै सरकारलाई पूर्णता लिने निर्णय गरेको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार नेताहरुबीच बढीमा दुई, तीन दिनभित्र सरकारलाई पूर्णता दिने विषयमा निर्णय भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँती पनि सहभागी रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button