प्रदेश २ सरकारमा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको हो । बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।

प्रदेश सचिव पौडेलका अनुसार संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको हो ।

उनले भने, ‘प्रदेश २ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button