फेरि सर्यो एमाले विधान महाधिवेशन, तोकियो नयाँ मिति

नेकपा एमालेको विधान महाधिवेशन फेरि सरेको छ । यसअघि पनि भदौ अन्तिमका लागि तोकिएको महाधिवेशन असोज ४ बाट ६ गतेसम्म हुने भनिएको थियो । तर फेरि एक साता सरेको छ ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

विधान महाधिवेशनमा रहने प्रतिनिधिहरु

केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

अनुशासन आयोगका पदाधिकारी र सदस्य

लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

निर्वाचन आयोगका पदाधिकारी र सदस्य

केन्द्रीय विभागका सचिवसहित १५ सदस्य

सल्लाहकार परिषदका पदाधिकारी र सदस्य

जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य

प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

विशेष कमिटीका पदाधिकारी र सदस्य

जिल्ला कमिटीका पदाधिकारी र सदस्य

निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य

जनसंगठनका पदाधिकारीमध्येबाट १० जना

पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button