सभापति बस्नेतद्वारा शैक्षिक सामाग्री बितरण

रातोपाटीन्युज । सिन्धुपाल्चोक । नेपाली काँग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिकाका दर्जन बिद्यालयलाई ब्यक्तिगत रुपमा लाखौंको शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ ।
आइतबार उक्त नगरपालिका-२ कर्थली स्थित सिम्लेको कमलादेवी आधारभूत बिद्यालयका बिद्यार्थीलाई झोला, कपी, पेन्सिल लगायतका सामाग्री बितरण गर्नु भयो । उक्त कार्यक्रममा नेपाली काँगे्रस बाह्रबिसे नगरपालिका सभापति रेशम बहादुर तामाङ, काँग्रेसका स्थानीय नेता, अगुवाहरुको सहभागितामा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको सो बिद्यालयका प्रधानाध्यापक उद्धव प्रसाद पौडेलले जानकारी दिनु भयो ।
सभापति बस्नेतले उक्त बिद्यालयका प्राङगण निमार्णका लागि सहयोग गर्ने बचन दिनु भएको थियो । साथै नगरसभापति तामाङले बिद्यालयका सबै खाले समस्यामा साथ दिने बताउनु भएको छ । शैक्षिक सामाग्री पाएपछि बिद्यालय आउन प्रोत्साहन मिलेको कक्षा ८ मा अध्ययनरत छात्र समीर राउतले खुशी ब्यक्त गरेका छन् ।

