नेकपा एमालेले राष्ट्रपति पदको उम्मेदवार फागुन १३ मा सार्वजनिक गर्ने

काठमाडौँ : नेकपा एमालेले राष्ट्रपति पदको उम्मेदवार फागुन १३ मा सार्वजनिक गर्ने भएको छ ।
फागुन २५ मा राष्ट्रपति चयनका लागि हुने निर्वाचनका लागि १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार फागुन १३ मा सार्वजनिक गर्ने बताएका हुन् ।
एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे ।



