सबै विद्यालय खुला गरिँदै, तयारीमा जुट्न सरकारको आग्रह

काठमाडौं– सरकारले निटक भविष्यमै सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा बसेको सरोकारवालाहरुको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालन गर्न ‘अनुरोध गर्ने’ निर्णय गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का कार्यकारी प्रमुख बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेल लगायत सहभागी बुधबारको बैठकले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई कोभिढ १९ को अभिमुखिकरण गरी निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

विद्यालयहरुलाई नजिकको स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी टेस्टिङ, ट्रिटिङ (उपचार) र ट्रेसिङको व्यवस्था हुने गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा आधारमा विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गर्न सकिने निर्णयमा उल्लेख छ। यस्तै, विद्यालय सञ्चालनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको कोभिड १९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण पालना हुने गरी तयारी गर्न अनुरोध गर्ने पनि निर्णयमा उल्लेख छ।

बैठकमा नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा लगायत सहभागी थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button