एमाले स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । सोमबार फेरि बस्ने गरी आजको बैठक सकिएको हो । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल भएको छ ।

एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । विधान महाधिवेशनमा पेश हुने विधान संशोधन, राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमा एमालेका स्थायी कमिटी बैठकमा छलफल भइरहेको छ ।

आजको बैठकमा स्थायी कमिटी बैठकमा अमृत बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुषाल, युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

एमालेको स्थायी कमिटी बैठक सोमवार दिउँसो १ बजे बस्ने एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले बताए । स्थायी कमिटीले तयार गरेको प्रस्ताव केन्द्रीय कमिटीमा पेश हुनेछ । एमालेको केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बोलाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button