सभामुखले बोलाए संसद बैठक, एमालेको अवरोध जारी रहने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज विहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाएका छन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर संसद बैठक सञ्चालन गर्न सत्तारुढ गठबन्धनका दलहरूले दिएको सुझवविपरित सभामुख सापकोटाले आज प्रतिनिधि सभाको बैठक डाकेका हुन ।

सत्तारुढ दलले दिएको सुझाव अस्वीकार गर्दै आफुहरुसंग सम्वाद र छलफल नै नगरी प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरिएको एमाले संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले बताए ।

‘सत्तारुढदलको सर्वदलीय बैठकमा प्रतिपक्षलाई पनि विश्वासमा लिएर संसद चलाउनु भन्ने सुझाव दिएको सुनेको थिएँ तर त्यसपछि उहाँले छलफल नै गर्नु भएको छैन्,’ नेम्वाङले भने, ‘हिजो अस्ति १ बजे बोलाउने बैठक उहाँले आज त कुनै परामर्श नगरी ११ बजे नै बोलाउनुभयो ।’

उनकाअनुसार सभामुख सापकोटा एकलौटी रुपमा अघि बढेकाले प्रतिनिधिसभाभित्र असहज अवस्था सृजना भइरहेको छ । पार्टीका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई पार्टीले गरेको कारबाहीको सुचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति नेकपा एमाले आक्रोसित हँदै आएको छ।

सभामुख सापकोटाले माधव नेपाललगायत १४ सांसदको पदमुक्त भएको सुचना टाँस गर्नुपर्ने, नभएमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त राख्दै एमालेले संसद अवरोध गरिरहेको छ ।

सभामुख र प्रतिपक्षबीचमा टसल चलिरहेका बेला विनियोजन विधेयकलाई नारावाजीको बीचमै अघि बढाइएको थियो । आजको बैठकमा पनि आफुहरुको सशक्त विरोध जारी रहने एमाले संसदीय दलका उपनेता नेम्वाङले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button