उत्तर कोरियाः उनले बहिनी जोङलाई दिए महत्वपूर्ण जिम्मेवारी

एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई राष्ट्रिय मामिला परिषद् (स्टेट अफेयर्स काउन्सिल) मा नियुक्त गरेका छन ।

यो परिषद्लाई उत्तर कोरियाकै निकै महत्वपूर्ण निकाय मानिन्छ । यो नीति निर्माण गर्ने सर्वोच्च निकाय हो । सर्वोच्च नेता उनले बहिनी जोङसहित सात जनालाई परिषद् सदस्य बनाएका हुन् ।

उत्तर कोरियाका सर्वोच्च नेता उनका बहिनी बहिनी जोङले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जिम्मेवारी हो । जोङ आफ्ना दाजु किमकी प्रमुख सल्लाहकारसमेत हुन् ।

जोङले यसअघि आफ्ना दाजु किमलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन तथा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा सघाएको सिएनएनले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button