युरोपका सहरमा हरियाली अभावमा हरेक वर्ष ४३ हजारको अकाल मृत्यु

युरोपमा हरेक वर्ष ४३ हजार मानिस अकालमा मरिरहेको बताइएको छ । यसको कारण पनि निकै नै तरंगित बनाउने खालको छ । युरोपका नौ सय शहरमा हुने यसप्रकारका मृत्युको कारण त्यहाँ हरियालीको अभाव रहेको छ । यो दाबी बार्सिलोना इस्टिट्यूट अफ फर ग्लोबल हेल्थका अनुसन्धानकर्ताहरुको रिपोर्टका आधारमा गरिएको हो ।
अनुसन्धानकर्ताहरुले हरियालीको अभावमा कसरी मानिसको मृत्यु भइरहेको छ र यसले कसरी रोक्न सकिन्छ भन्ने बारेमा उक्त रिपोर्टमा बताएका छन् । रिसर्चका अनुसार जहाँ पार्क छ त्यहाँ हावाको गुणस्तरमा सुधार देखिएको छ । मानिस हरियाली पार्कमा व्यायाम गरिरहेका र आफ्नो तौल कम गरिरहेका छन् । यी पार्क मानिसको मुटु र फोक्सो स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्दै छन् । यसले मानिसको तनाव र अनिद्रा पनि हटाइरहेको छ ।
रिपोर्टले आफ्नो वरपर भएको हरियालीले शारीरिक रमानसिक रुपमा स्वस्थ रहन मद्दत गर्दछ । यतिमात्र होइन लामो उमेरका लागि र रक्त चापको नियन्त्रण गर्न पनि सहयोग गर्दछ । यसैकारण लामो समय बचाउने र रोगको खतरा पनि कम गर्ने हुन्छ । रिसर्चको बेलामा हरियालीको कमी र मृत्युका बीचको सम्बन्ध युरोपमा हरेक वर्ष करीब ४३ हजार मानिसको मृत्यु हुन्छ । त्यसमा युकेका ११३ शहरहरुमा हरेक वर्ष ७ हजार बाउन्न रहेका छन् ।
बार्सिलोना इस्टिट्युट फर ग्लोबल हेल्थमा अर्बन प्लानिङ विभागका डाइरेक्टर मार्क जेले युरोपीयन सहरमा हरियालीको मात्रामा नयाँ बदलाव गर्न जरुरी भएको बताउँछन् । जस्तो ग्रीन रुफ र वर्टिकल गार्डेन बढाउन केन्द्रीत हुने पर्ने उनको तर्क छ ।




