घरेलु हिंसाबाट मारिएकी नन्कुन्नी धोबी र निर्मला कुर्मीले न्यायका लागि धर्ना जारी

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले सोमबार माइतीघरमा धर्ना दिएका हुन् ।

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको ११ दिन भइसक्दा समेत सरकारले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान नथालेको महिला अधिकार मञ्च बाँकेकी केन्द्रिय सदस्य सकिना तेलीले बताइन ।

बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेको छ । धर्नामा बसेकी महिला अधिकार कर्मी तेलीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताइन ।

महिला अधिकार कर्मी तेलीले भन्नुभयो, निर्मला कुर्मीको अभियुक्तहरुलाई तत्काल समातेर कारबाही गरियोस्, नन्कुनी धोबीको २ जनालाई समातिएको छ, बाँकी दुई जनालाई पनि तत्काल समातेर कारबाही होस्, रुबी खानको यहीँ माईतीघर मण्डलाबाट ल्यापटपसहितको केही रकम हराएको छ, त्यो प्रहरीले दिलाइदिओस्, हामीलाई यहाँ बस्नको लागि पनि सुरक्षाको व्यवस्था मिलाइदिओस्, बाँके जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले हामी महिला अधिकार कर्मीहरुलाई अभद्र व्यवहार गरेको छ, उनीहरुलाई विभागीय कारबाही होस् ।’ अधिकारकर्मी सकिना तेलीले माग गरिन्।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको पीडितहरुले बताएका छन् । उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् ।

सरकारले अनुसन्धान समिति गठन गरेर अपराधीलाई कारबाही गर्ने आश्वासन दिएपनि अहिलेसम्म अभियुक्तहरुलाई समातेर अनुसन्धान गर्न ढिलाइ गरेको स्थानीयबासी सहिता ठकुर दर्जीको आरोप छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button