माओवादीले पदाधिकारी सोमबार चयन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार (भोली) चयन गर्ने भएको छ ।
आज आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए ।
सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत उनले बताए ।
आज अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको छ ।



