राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ । यसबारे आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा हिजो सोमवार छलफल समेत गरेका छन् ।
राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्षले भोट हाल्न पाउने छन् ।
बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि सकिन लागेकोले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गरिन लागेको हो ।




