विश्वकप फुटबलमा डेनमार्क छानियो, अष्ट्रिया पराजित

काठमाडौँ । डेनमार्क सन २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ ।
युरोपको विश्वकप छनौट अन्तर्गत समुह एफ अन्तर्गत गएराती भएको खेलमा अस्ट्रियालाई १–० गोल अन्तरले पराजित गर्दै डेनमार्क विश्वकपमा छनौट भएको हो ।
अस्ट्रियाविरुद्धको खेलमा खेलको ५३औँ मिनेटमा जोआकिम माएहिलेले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।
यो जितपछि डेनमार्कको ८ खेलमा सबै खेल जितेर २४ अंक भएको छ र विश्वकप छनौटका दुई खेल खेल्नु अघि नै छनौट भएको छ ।
यो जितसँगै डेनमार्क युरोपबाट जर्मनीपछि विश्वकपमा छनौट हुने दोस्रो देश बनेको छ ।
त्यस्तै अस्ट्रियाको भने ८ खेलमा १० अंक छ र समुहमा चौथो स्थानमा रहेको छ ।



