गौरिकाले राखिन् नयाँ कीर्तिमान

काठमाडौं – गौरिका सिंह र नासिर हुसेनले कतारको दोहामा चलिरहेको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छिन् ।

प्रतियोगिताअन्तर्गत सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको रेकर्ड तोडेकी छिन् । उनले यस विधामा नयाँ राष्ट्रिय रेकर्डका रूपमा १ मिनेट ५.४७ सेकेन्ड राखिन् ।

उनले गत वर्ष जापानको फुकुवाकामै भएको बिश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा १ मिनेट ६.८० सेकेन्ड रेकर्ड राखेकी थिइन् । यसपटक उनले १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यसैगरी, नासिरले दुई सय मिटर फ्री स्टायलमा रेकर्ड बनाएका हुन् । नासिरले नयाँ राष्ट्रिय रेकर्डका रूपमा १ मिनट ५६.३९ सेकेन्ड राखेका हुन् । यसअघि उनकै नाममा सन् २०२३ मा जापानको फुकुवामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा एक मिनेट ५६.३९ सेकेन्डको रेकर्ड थियो ।

उनले यसपटक आफ्नो रेकर्ड ०.८७ सेकेन्डले सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्यले जानकारी दिएका छन् । नासिरले आइतबार भएको ४०० मिटर फ्री स्टायलमा पनि चार मिनेट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button