आइसीसी क्रिकेट विश्वकप २०२३ को फाइनलमा भारत पराजित

काठमाडौं – आइसीसी क्रिकेट विश्वकप २०२३ को फाइनलमा भारत पराजित भएको छ । घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकपअष्ट्रेलियाले क्रिकेटको उपाधि जितेको छ ।
अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको हाे । पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले विश्वकपको फाइनल खेलमा सतकीय पारी खेले ।
उनले १२० बलमा १३७ रन बनाए । यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।




