प्रधानमन्त्रीलाई सत्ता साझेदार १० दलले विश्वासको मत दिने

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता साझेदार १० दलले विश्वासको मत दिने सहमति गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलका शीर्ष नेताहरुको बैठकले सो सहमति गरेको हो।

सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको थियो। बैठकमा आज संसद्‌मा प्रस्तुत गर्ने विधेयक र भोली सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने बारे छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भोली ६ गते सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मै विश्वासको मत लिएका थिए।

तर सरकारमा सहभागी एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि उनले पुनः विश्वासको मत लिनुपर्ने भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button