सरकारले मिटरब्याजबारे व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास छैन : संघर्ष समिति

काठमाडौँ-  किसान मजदुर संघर्ष समितिले मिटरब्याज र ठगीबारे सरकारले व्यक्त गरेको प्रतिबद्धता प्रति विश्वास नभएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारीगर्दै समितिले सरकारको प्रतिबद्धतामा आफूहरू सशंकित रहेको जनाएको हो ।

सरकारले यसअघि पनि पीडितसँग पटकपटक मिटरब्याजीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भएपनि कारवाही नगरेकाले सरकारप्रति विश्वास गर्न नसकिने समितिको भनाइ छ ।

संघर्ष समितिले यही चैत २० गतेदेखि निर्णायक संघर्ष गर्ने तय गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button