सिरहा नगरपालिकाले सिरहा बजारमा बाटो विस्तार गर्दै

सिरहा : सिरहा नगरपालिकाले सिरहा बजार क्षेत्रका ३० मिटरको बाटो विस्तारको क्रममा बजार क्षेत्रहरुमा घर र टहरा भत्काई बजारको बाटो फराकिलो बनाएको छ ।
बाटो फराकिलो बनाउने क्रममा स्थानीय बासिन्दाहरुको बाक्लो भिड जम्मा भएको भएता पनि कुनै अवरोध भएको थिएन ।
हेम नारायण चोक, ईमली चोक लगाएत अन्य बजार क्षेत्रमा बाटोको मापदण्ड अनुसार नापी गर्दै सडक विस्तारको कार्य लगातार ३ दिनसम्म जारी रहेको थियो ।




