देश भर कक्षा १२ को वार्षिक परीक्षा सुरु

काठमाडौं – देश भरीका कक्षा १२ को वार्षिक परीक्षा आजदेखि संचालन भएको छ ।

यस वार्षिक परिक्षाका लागि देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न ११ बजेसम्म चल्ने छ ।

देशभर एक हजार ४५७ परिक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै सबै विषयको परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ९एनजी० ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button