छुटेका ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउदै

काठमाडौँ – सरकारले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गरी यसअघि छुटेका सबै बालबालिकालाई आज वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्।

‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिइँदैछ’, बस्नेतले भनेका छन्, ‘त्यसैले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गर्दछु।’

खोप नलगाउँदा बालबालिकाका हुनसक्ने रोगको संक्रमण, अपांगता तथा मृत्यु हुनबाट बचाउन सबैले खोप लगाउन आवश्यक रहेको उनले बताएका छन्। आफ्ना टोल गाउँका बालबालिका र विद्यार्थीले खोप लगाए नलगाएको यकिन गरि अभियानमा सहभागीमा भई दिन पनि उनले आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button